arrow

जनक शिक्षा ओम्नीको चंगुलमा, ४ हजार टन कागजको टेण्डरमा १० करोड घोटाला

९० ब्राइटनेसको कागजमा छाप्ने भनेर छापियो ८३ मा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २ मंगलबार
omni-janak-edu.jpg

काठमाडौं। व्यापारिक क्षेत्रमा विवादास्पद गतिविधी गर्दै आएको ओम्नी ग्रुपले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई आफ्नो चंगुलमा राख्दा केन्द्र एकपछि अर्को विवादमा फस्दै गएको छ। ओम्नीको प्रभावमा गतिविधी हुँदा केन्द्र विवादित मात्र भएका छैन करोडौं गुमाउनु परेको छ। करोडौं खर्चिदा पनि केन्द्रले ओम्नीकै कारण आफ्नो कामको गुणस्तरमा पनि सम्झौता गर्नुपरेको छ।

हाम्राकुरालाई प्राप्त एक जानकारी अनुसार जनक शिक्षाले २०७६ सालमा निकालेको कागजको टेण्डरमा ओम्नीले करिब १० करोडको घोटाला गरेको पाइएको छ। गत बर्ष केन्द्रले ४ हजार टन कागजको टेण्डर निकालेको थियो। टेण्डर निकाल्ने क्रममा कागजको गुणस्तर ९० ब्राइटनेश हुनुपर्ने शर्त थियो। यसका लागि केन्द्रले प्रति केजी १२८ रुपैयाँ र भ्याट गरेर १४५ रुपैयाँ दररेट तोकेको थियो। केन्द्रले तोकेको यो अधिकतम मूल्यभन्दा कम हुनेगरि टेण्डर खुलाइएको थियो। 

केन्द्रले खुलाएको टेण्डर अनुसार केहि कम्पनीहरुले टेण्डर हालेका थिए। केपी ओली प्रधानमन्त्री भएपछि ठूला ठूला सरकारी काममा टेण्डर हाल्दै र पार्दै आएको ओम्नीले केन्द्रमा पनि टेण्डर हालेको थियो। पहिलोपटक भएकाले होला ओम्नीलाई टेण्डर परेन। ओम्नी न्यूनतम दर तोक्नेको चौथो नम्वरमा परेको थियो। तर ओम्नीले आफूलाई नपरेको सो टेण्डर अरुलाई पर्न दिएन र रद्ध गराउन लविङ गर्‍यो। नभन्दै सो टेण्डर रद्ध भयो र दोस्रो बोलपत्र आह्वान गरियो।

कागजको वजार र दर सम्वन्धी सामान्य जानकारी पाएपछि ओम्नीले दोस्रो पटक सबैभन्दा कम दररेट कबोल गर्‍यो। सोहि अनुसार प्रतिकेजी भ्याट बाहेक १०५ रुपैयाँमा ओम्नीलाई टेण्डर पर्‍यो। ९० ब्राइटनेसको कागज सो रेटमा गत बर्ष पाउनु निकै चुनौतीको विषय थियो। तर पनि ओम्नीले सोहि दररेटमा ल्याउने बतायो।

ओम्नीले कागज ल्याएपछि केन्द्रले गत बर्षका कितावहरु समेत सोहि कागजमा छापेर विद्याथीको हातहातमा पुर्‍याएको छ। भारतीय कम्पनी फाइबर म्याक्ससँगको सहकार्यमा ओम्नीले ल्याएको कागजको गुणस्तर विद्यार्थीको हातहातमा किताव पुग्दा समेत केन्द्रले जाँच गरेन। ओम्नीको कागजमा केन्द्रले आँखा चिम्लिदा उसले कागजको गुणस्तरमा ठूलो सम्झौता गरेको छ।

विश्व बैंकले दिएको सहयोगमा छपाइ हुने कितावमा गुणस्तर कायम गर्न केन्द्रले ९० ब्राइटनेसको कागजमा किताव छपाउने निर्णय गरेको थियो। शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले पनि नीजि विद्यालयहरुले प्रकाशित गर्ने कितावको गुणस्तरसँग फरक नहुने गरि राम्रो गुणस्तरको कागजमा किताब छाप्ने निर्णय भएको बताएका थिए। सोहि अनुसार ९० ब्राइटनेश भएको कागजमा किताब छाप्ने निर्णय केन्द्रले गरेको थियो। तर विद्यार्थीको हातमा पुग्दा ८३ ब्राइटनेशको कागजमा छापिएर पुग्यो किताब।

जनक शिक्षाले गत बर्ष प्रकाशित गरेको विद्यालयका किताबहरुको अहिले पनि गुणस्तर परिक्षण गरेमा यस्को सत्यता आफै पनि पुष्टी हुन्छ। सो किताबको गुणस्तर मापन गर्दा ल्याबबाट समेत सोहि तथ्यलाई पुष्टी गरेको छ। यसरी ९० भनेर ८३ ब्राइटनेशको कागजमा किताव छापेर ओम्नीले करिब १० करोड घोटाला गरेको खुलेको हो । यो सबै बिषयमा जानकारी हुँदाहुँदै पनि जनक शिक्षाको नेतृत्व भने कमिसनको चक्करमा आँखा चिम्लिरहेको केन्द्रकै कर्मचारीहरु बताउँछन्।

ठूलो टेण्डरकै लागि बढाइएको थियो कागजको ब्राइटनेस
जनक शिक्षाले २०७६ सालभन्दा पहिले ७० ब्राइटनेशको कागजमा किताब छाप्दै आएको थियो। २०७६ सालमा एक्कासी कागजको गुणस्तरमा बृद्धी गर्ने निर्णय गरियो। त्यो पनि एकै पटक २० ब्राइटनेश बढाएर। र निकालियो टेण्डर ९० ब्राइटनेशको कागजको लागि। पैसाको वन्दोबस्ती बिश्व बैंकबाट भएकै थियो। शिक्षा मन्त्रालयको नेतृत्व गरिरहेका शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले पनि त्यसमा स्विकृती जनाएका थिए।

एक्कासी २० ब्राइटनेश बढाएर किताब छाप्ने कुरामा गाँईगुई चर्चा भएपछि त्यसलाई नीजि विद्यालयका किताबसँग गुणस्तर मिल्ने बनाउने प्रयास भनिएर टारिएको थियो। हाम्राकुरासँग सम्पर्कमा आएको शिक्षा मन्त्रालय स्रोत भने त्यो कुरा मान्न तयार छैन्। कुनै पनि हालतमा टेण्डरको साइज अझ भनौ ठूलो रकमको टेण्डर बनाउन ओम्नीकै डीजाइनमा कागजको ब्राइटनेश बढाइएको थियो। नभन्दै ४ हजार टनको ९० ब्राइटनेशको कागजका लागि ५८ करोडको टेण्डर निकालिएको थियो। सोहि टेण्डर दोस्रोपटक रिटेण्डर गराएर ओम्नीले ४७ करोड ४६ लाखमा हत्याएको थियो।

जनक शिक्षामा पात्र र प्रवृत्री दोहोरिदै
गत बर्ष अनेक हतकण्डा अपनाएर दोस्रो पटक टेण्डर गराएरै भएपनि ओम्नीले ४ हजार टनको टेण्डर पारेको थियो। यो प्रवृती यो पटक पनि केन्द्रमा भित्रेको छ। यो पटक ३ हजार टनको कागजको लागि २०७६मा जस्तै ओम्नीलाई नपरेपछि टेण्डर रद्ध गराई फेरि टेण्डर गराइएको छ। २०७७ असार ७ गते ३ हजार टनको कागजको लागि टेण्डर प्रकाशन भएको थियो। २०७७  साउन ६ गते टेण्डर खुल्ला भयो। टेण्डर खुल्ला हुँदा ओम्नीलाई गत बर्ष जस्तै परेन । जुन कम्पनीलाई पर्‍यो उसले सोहि अनुसार आपूर्ती गर्ने प्रवन्ध गर्न थाल्यो। तर केन्द्रले एक्कासी २०७७ साउन २२ टेण्डर रद्ध गर्‍यो। जुन कम्पनीलाई टेण्डर पर्‍यो उसको आपूर्ती गर्ने कागज कारखानाले माग अनुसार आपूर्ती गर्न नसक्ने कारण देखाइयो । यहि बीचमा ओम्नीले खरीद ईकाईदेखि अख्तियारसम्म सेटीङ मिलाएर दोस्रो टेण्डर निकाल्ने तयारी गरेको थियो।

२०७७ साउन २३ पुन टेण्डर गरियो। दोस्रोपटक टेण्डर निकालिए अनुसार  २०७७ भदौ ७ गते टेण्डर खुलाइदै छ। हाम्राकुरालाई प्राप्त जानकारी अनुसार प्रतिष्पर्धाको माथिल्लो नम्बरमा परेको दुई कम्पनीको कागज आपूर्ती गर्ने कम्पनीहरु बजार कागज कानपुरले ७० टन प्रतिदिन कागज उत्पादन गर्न सक्ने क्षमता छ भने रामान्यूज प्रिन्टको ८०० टन कागज प्रतिदिन उत्पादन गर्ने क्षमता रहेको छ। तर ति कम्पनीहरुलाई कागज आपूर्ती गर्न नसक्ने भन्दै ओम्नीको डीजाइनमा पुन टेण्डर निकाल्न लगाइएको बताइएको छ।

जनक शिक्षाका महाप्रवन्धक महेश तिम्सिनाले प्यारामिटर नमिलेका कारण पुन टेण्डर गरिएको दावी गरे। तर केके प्यारामिटर नमिलेको बारेमा भने उनले प्रष्ट बताएनन्। उनले पुन टेण्डर निकालिएपनि यसअघी टेण्डर भर्नेहरुलाई रोक नलगाइएको बताए। उनले गत बर्ष ९० ब्राइटनेसको कागजमा किताब छाप्ने भनेर ८३ ब्राइटनेसमा छापिएको बारेमा भने गोलमटोल जवाफ दिए। आफूहरुसँगको टेस्ट रिपोर्टमा त्यस्तो नआएको उनले दावी गरे। छापिएपछि गुणस्तरमा केहि कमी आउने उनले बताए । तर ९०को ८३ ब्राइटनेस कसरी सम्भव हुन्छ भन्नेमा भने तिम्सिनाले जवाफ दिन सकेनन्।

ओम्नी ग्रुप प्रधानमन्त्री केपी शर्मा निकट रहेको आम बुझाई छ । यहि बुझाइमा उसले देशका ठूला सरकारी ठेक्कामा लगभग एकलौटी गर्दै आएको छ।  



लोकप्रिय समाचार
नयाँ