arrow

२२ बोरा मरेका कुखुरा विक्री गर्नु अघी बरामद, उपभोक्ताको स्वास्थमा गम्भीर खेलवाड

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
dead-chicken.jpg

काठमाडौं। काठमाडौंमा कुखुराको मासुको व्यापार गर्दै आएका व्यवसायीले मरेको कुखुराको मासु विक्री गर्ने गरेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनबाट व्यवसायीले उपभोक्ताको स्वास्थमाथि खेलवाड हुनेगरी मरेको कुखुराको मासु विक्री गर्ने गरेको पाइएको हो । 

विभागले सोमबार बजार अनुगमनका क्रममा काठमाडौंको भीमसेनगोलास्थित बी एण्ड बी मीट मार्टले मरेको कुखुराको मासु विक्री गर्ने गरेको पाइएको हो । विभागले सोमबार अनुगमनका क्रममा सो मासु पसलबाट २२ बोरा मरेको कुखुरा फेला पारेको हो । 

मासु विक्री गर्ने उद्येश्यले नै मरेको कुखुरा लुकाएर राखेको पुष्टि भएपछि बी एण्ड बी मिट मार्टलाई उपभोक्ता संरक्षण ऐन अनुसार ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ । ‘उपभोक्ता संरक्षण ऐन, २०७५को दफा १६(२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ)को कसुरमा३९ (१)(ख)वमोजिम रु ३ लाख जरिवाना गरिएको’ विभागले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
नयाँ