arrow

दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि

मलामी क्वारेन्टाइनमा, बस्ती पनि सिल गरिने

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
chita.jpg

राजापुर । बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टाइनमा राख्ने र संक्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए । 

संक्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । मंगलबार बिहान १:३० बजे उनको निधन भएको र ३:३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा दिनेश श्रेष्ठले जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ