arrow

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षमा भण्डारी

logo
रासस,
प्रकाशित २०७७ भदौ २ मंगलबार
press-council-nepal.jpg

काठमाडौं। सरकारले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी (पौडेल) लाई तोक्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यवाहक अध्यक्षमा तोक्ने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। यसअघि सञ्चार मन्त्रालयले भण्डारीलाई काउन्सिलका सदस्यमा नियुक्त गरेको थियो। भण्डारी  २५ वर्षदेखि मोफसलमा पत्रकारिता गर्दै आएकी छिन्। झापा भद्रपुर नगरपालिका–८ मा जन्मिएकी भण्डारी हाल पोखरा महानगरपालिका–५ मा बस्दै आएकी छिन।

आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उनी कानून व्यवसायी पनि हुन्। उनी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, प्रेस चौतारी नेपालका सचिव र सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्षको पनि  जिम्मेवारीमा  रहेकी थिइन्। यसैगरी काउन्सिलका सदस्य पदमा पत्रकार दीपक पाण्डेले नियुक्त भएका छन्।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा लेखा संयोजक रहिसकेका पाण्डे दृष्टि साप्ताहिक र  प्रकाश साप्ताहिकको सम्पादकका रुपमा काम गरिसकेका छन्। उनी हाल जनता टेलिभिजनको सम्पादक सल्लाहकारका रुपमा रहेका छन्। पाण्डेले सोमबार काउन्सिलमा शपथ ग्रहण गरिसकेका छन्।



लोकप्रिय समाचार
नयाँ