काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ लाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उपाध्यायले हाम्राकुरासंग आफूलाई कोरोना संक्रमण देखिएको बताएकी हुन् । उनलाई उनका सहयोगीबाट कोरोना सरेको हो ।
उनी हेटौंडामा रहँदा सहयोगीलाई कोरोना देखिएपछि त्यहाँबाट उनलाई सरेको हो ।
उनले भनिन्, ‘सहयोगीले ज्वरो आयो, असजिलो भयो भनेपछि कोरोनाको पीसीआर गर्न भन्यौं, उनलाई देखियो त्यसपछि म नौ दिनदेखि होम क्वारेन्टिनमा बसेकी हुँ । मलाई हिजोमात्र देखियो ।’
उनले आफूलाई पनि एक दिन ज्वरो आएर सिटामोल खाएको बताइन् । उनले भनिन्, ‘धेरैलाई सिम्टम्स देखिएको छैन, मलाई देखियो, टेष्ट गर्न सजिलो भयो ।’
हाल आफू सामान्य अवस्थामा रहेको बताइन् ।
उनले परिवारका अन्य सदस्यको पनि पीसीआर गराइएको तर अझै रिपोर्ट नआएको बताइन् । परिवारका अरुलाई भने कुनै पनि लक्षण देखिएको छैन ।
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संक्रमण देखिएको थाहा पाएपछि फोन गरेर नआत्तिन आग्रह गरेको बताए । उनले तातोपानी नियमित रुपमा पिउन आग्रह गरेको समेत बताए ।