arrow

निशेषाज्ञाको अवज्ञा, तोडियो स्वास्थ्य मन्त्रालयको नियम, संक्रमण भयावह हुने चिन्ता 

स्थानिय निकाय र प्रहरी प्रशासन मूकदर्शक

logo
नारायण वली, 
प्रकाशित २०७७ भदौ ३ बुधबार
nidhedhagya-ullangan-butwal.jpg

रुपन्देही । गत साउन २९ गतेदेखि बुटवल उप–महानगरपालिकाले पछिल्लो समय नगर क्षेत्र भित्र तिव्र रुपमा समुदाय स्तरमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिन थालेपछि जोखिम न्युनिकरण एंव कोरोना महामारीबाट बच्न भन्दै भदौ ५ गते राती पौने १२ बजेसम्म पूर्ण रुपमा लकडाउनको घोषणा गर्यो । 

उपमहानगरपालिकाले जारी गरेको लकडाउनको सातौं दिन मंगलवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला विपद् व्यवस्थापन केन्द्रले रुपन्देहीमा दिनप्रति दिन बढ्दै गएको कोरोना संक्रमणले आक्रमक रुप लिन सक्ने बताउँदै, मंगलवारदेखि लागु हुने गरी भदौ ७ गते राती १२ बजे सम्मका लागि निशेषाज्ञा जारी गरेको छ ।

तर जिल्लामा निशेषाज्ञा जारी गरिए पनि बुटवलस्थित रहेको बुटवल कृषि उपज थोक वजार केन्द्रमा बुधवार देखिएको यो भिडले समुदाय स्तरमा सजिलै सम्म कोरोना भाईरस संक्रमण फैलिन सक्ने भन्दै नियमनकारी निकायको ठुलो कमजोरी रहेको स्थानिय कमला पाण्डेले बताईन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको नियमहरु समेत पालना नगरिएको बजारमा भद्रगोल अवस्थामा दैनिक भिडभाड बढिरहँदा समेत स्थानिय निकाय बुटवल उपमहानगर र स्थानिय प्रहरी प्रशासनको ध्यान पुग्न नसकेको बताईएको छ ।



लोकप्रिय समाचार
नयाँ