arrow

प्रहरी नायब उपरीक्षकसहित सात जनामा कोरोना सङ्क्रमण 

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
covid-test-positive-corona.jpg

लहान । सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षकसहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । 

सङ्क्रमितहरु २५ देखि ५५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । सङ्क्रमित सबैलाई आइसोलेसनमा भर्ना गरिएको प्रमुख यादवले बताए ।

यो सँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या २७४ पुगेको छ भने त्यसमध्ये २०९ कोरोना जितेर घर फर्किसकेका छन् । 

कोरोना सङ्क्रमणबाट सिरहाको गोलबजार नगरपालिका–१२ र विष्णुपुर गाउँपालिका–१ का २२ र ४० वर्षका दुई जनाको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
नयाँ