arrow

सरकारका तर्फबाट राष्ट्रकविलाई श्रद्धाञ्जलि

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
rastrakabi-madhab-prasad-gh.jpg

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा बुधबार उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदैछ । 

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म महत्वपूर्ण योगदान छ ।

‘गौरी’ महाकाव्यजस्ता चर्चित कृति दिएका घिमिरेले नेपाली साहित्यका क्षेत्रमा अतुलनीय योगदान दिएका छन् । राष्ट्रकवि घिमिरे नेपाली पद्य कवितामा निकै लोकप्रिय छन् ।

स्वर्गीय घिमिरेप्रति हाम्राकुरा डटकमको तर्फबाट हार्दिक शब्दश्रद्धा।

 



लोकप्रिय समाचार
नयाँ