arrow

सलमान खानको हत्या योजनाको खुलासा

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
salman-khan.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खानको हत्या योजना बनेको खुलासा भएको छ । पुलिसले नियन्त्रणमा  लिएको एक सार्प सुटरले सलमानको हत्या योजना बनेको खुलासा गरेको हो । 

भारतीय संचारमाध्यमहरुले जनाए अनुसार लकडाउन भएका कारणले गर्दा उक्त योजना विफल भएको हो । यो योजना हरियाणा, पंजाब र राजस्थानका कुख्यात ग्याङस्टर लरेन्स बिस्रोइको समूहले रचेको थियो । 

ग्याङको सार्प सुटर राहुल उर्फ सांगा उर्फ बाबालाई फरिदाबाद पुलिसले गत १५ अगष्टमा उत्तराखण्डबाट गिरफ्तार गरेको थियो । 

लरेन्सले सलमानको हत्याको जिम्मेदारी राहुललाई दिएको पुलिसले खुलाएको छ । राहुल यही जनवरीमा मुम्बई गएको थियो । उसले सलमानलाई बान्द्रास्थित बंगला नजिक ३ दिनसम्म रेकी गरेको थियो । 

लेरेन्स विश्रोइले कालो हरिण शिकारलाई लिएर सलमानलाई मार्ने धम्की दिएको थियो । राजस्थानमा रहने विश्रोइले कालो हरिणलाई पूजा गर्दछ । सोही कारण विश्रोइले सलमानलाई मार्न चाहेको बताइएको छ । 

यसअघि सन् २०१८ को जुनमा पनि लरेन्सले आफ्नो दाहिने हात कुख्यात गुन्डा सम्पत नेहरामार्फत सलमान खानको रेकी गरेको थियो । नेहरा पनि असफल भएको थियो । 



लोकप्रिय समाचार
नयाँ