arrow

अस्पतालमा कार्यरत आफन्तले भेटपछि वृद्धाको मृत्यु, हेरचाह गर्ने चार जनामा समेत कोरोना

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
dead-body11.jpg

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । 

एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

 उनको मङ्गलबार मात्रै पिसिआर परीक्षण नतिजा आएको हो । नतिजामा कोरोना संक्रमण देखिएको छ । 

साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा संक्रमित देखिएपछि उनको स्वाब सङ्कलन गरिएको थियो । 

उनीसँगै ती संक्रमितको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकामा मृतकको हेरचाह गर्ने चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

 मृतक वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । 



लोकप्रिय समाचार
नयाँ