वागमती । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा कोरोना भाइरसको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौंडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
हेटौंडा वडा नं १ का वडा अध्यक्ष सविन न्यौपानेका अनुसार मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थियो । कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।