arrow

निषेधाज्ञामा बैंकिङ सेवा के हुन्छ ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३ बुधबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई न्युनतम सेवा सूचारु राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै स्वास्थ सुरक्षाका मापदण्ड पालना गरेर न्युनतम सेवा सूचारु राख्न निर्देशन दिएको हो । ‘स्थानीय प्रशासनबाट निषेधाज्ञा लगायतका विशेष आदेश जारी  भइरहेको सन्दर्भमा आदेशको परिपालना गरी आधारभुत सेवालाई निरन्तरता दिई न्युनतम बैंकिङ सेवा गर्न÷गराउन अनुरोध गरिन्छ’ राष्ट्र बैंकको सूचनामा उललेख गरिएको छ ।

आफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय कारोबारमा प्रोत्साहित गर्न, एटीएम मसिनहरुमा पर्याप्त नगद राख्ने काम गर्न लगायतका निर्देशन राष्ट्र बैंकबाट गरिएका छन् ।

 



लोकप्रिय समाचार
नयाँ