arrow

२६औँ दिनमा नेविसंघले स्थगित गर्‍यो अनशन

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
nsu_(2)1.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्टारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन २६औँ दिनमा स्थगित गरेको छ ।
     
विश्वविद्यालय पदाधिकारीविहीन हुँदा यहाँका हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौँ विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी संघले अनशन थालेको थियो ।
    
जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्था गरेको नेपाल विद्यार्थी संघका महामन्त्री दीपक भट्टराईले बताए । '

'पोखरा विश्वविधालयको उपकुलपति र रजिष्टारको नियुक्तिसँगै विधार्थिहरूको शैक्षिक भविष्य सु-निश्चितताको लागि नेविसंघले गरेको भद्र सत्याग्रहको २६ दिन वित्दा पनि न यो सरकार गम्भीर बन्न सक्यो न विधार्थीहरूसँग संवाद गर्ने ज़िम्मेदारी महशुस गर्न सक्यो' महामन्त्री  दीपक भटृराईले भने,'  विश्वविधालयमा पदाधिकारीहरू नियुक्ति गर भनेर विधार्थिहरू आन्दोलनमा उत्रनु पर्ने यो एतिहासिक निर्लज्ज सरकारसँग हाम्रो फरक स्वरूपको आन्दोलन जारी रहन्छ नै तर वर्तमान विश्वमहामारीसँगै हामीलाई आई परेको महासंकटलाई मध्यनजर गर्दै नेविसंघ पोखरा विश्व विधालयले आयोजना गरेको रिले अनशन केहि समयको लागि स्थगन गरिएको छ।' 

 कोरोना भाइरसको विश्वव्यापी महामारीले हामीलाई पनि असर पारिरहेको अवस्थालाई दृष्टिगत गरी आन्दोलनका कार्यक्रम फरक किसिमबाट सञ्चालन हुने उनले जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ