arrow

पुर्वी नवलपरासीको समुदायमा संक्रमण, भाद्र ९ सम्म निषेधाज्ञा जारी

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ भदौ ३ बुधबार
nawalparasi.jpg

कावासोती  । समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि पुर्वी नवलपरासीमा बुधबार राती १२ बजेदेखि भाद्र ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार जिल्लामा बुधबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस बमोजिम  निषेधाज्ञा जारी गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा जारी गरिएको निषेधाज्ञामा खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न, जात्रामहोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न निषेध गरिएको छ । 

यस्तै जिल्ला भित्र सबै प्रकारका उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न, धार्मिक, सांस्कृतिक कार्यका लागि जमघट गर्न, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालयसमेत सञ्चालनमा समेत निषेध गरिएको छ ।

समुदाय स्तरमा कोरोना संक्रमण फलिएपछि सरकारले जारी गरेको स्वास्थ्य  मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने गरी भदौ ९ सम्मका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिँदै जिल्लाभर लागू हुने गरी संक्रमक रोग ऐन २०२० को दफा २ अनुसार गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ