काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ८१ जना कोरोना संक्रमितका नयाँ बिरामी फेला परेका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको उक्त सँख्या फेला परेको हो ।
बुधबारको विवरणपछि मुलुकभरि कोरोना संक्रमतिको कुल सँख्या २८ हजार ९ सय ३८ पुगेको छ । उनीहरुमध्ये ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले बताए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको समेत प्रवक्ता गौतमले बताए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १ सय २० पुगेको छ ।
सरकारले कोरोनास संक्रमित नियन्त्रणका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लगाएको थियो । तर, साउन महिनासम्म संक्रमणको गति सुस्त देखिएपछि सरकारले साउन ६ गतेदेखि लकडाउन पूर्णरुपमा अन्त्य भएको घोषणा गरेको थियो ।
त्यसपछि पछिल्लो समय कोरोनाको संक्रमण अत्यधिक हुन थालेको छ । कोरोनास संक्रमणको सँख्या उच्चदरमा वृद्धि भएपछि मुलुकका विभिन्न ठाउँमा फेरि निषेधाज्ञा गरिएको छ ।
बुधबार राती १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा समेत निषेधाज्ञा घोषणा गरिएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने बताइएको छ ।