arrow

बुटवलको थोक बजार केन्द्र निषेधित क्षेत्र घोषणा

logo
नारायण वली,
प्रकाशित २०७७ भदौ ३ बुधबार
butwal-haat1.JPG

रुपन्देही । बुटवल उप–महानगरपालिकाले पुरानो बस पार्कमा रहेको बुटवल तरकारी थोक बजार केन्द्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

उप–महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै हरियो तरकारी खरिद विक्री गर्दा व्यापक भिडभाड भैरहेको भन्दै कोरोना संक्रमणको उच्च जोखिम वढेकाले भोलि देखि भदौ ७ गते सम्म उक्त थोक वजार केन्द्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

विज्ञप्तीमा लुम्बिनी प्रादेशिक अस्पताल देखि तिनाउ पुल सम्म र थोक वजार केन्द्र देखि नयाँ बसपार्कको पछाडि न्यू ईरा होटेल सम्मको क्षेत्रलाई हरियो तरकारी विक्री वितरण गर्न नमिल्ने गरी निषेधित क्षेत्र घोषणा गरिएको बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जारी दिएका छन् । 

यसैविच सो थोक वजारमा दैनिक उपभोग्य तरकारी जन्य पदार्थ देखि फलफुल सम्म थोकमा मात्रै विक्री वितरण गर्न पूर्व निर्धारित समय भित्र गनुपर्ने उपमहानगरपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

बुधवार हाम्रा कुरा डटकमले “निशेषाज्ञाको अवज्ञा, तोडियो स्वास्थ्य मन्त्रालयको नियम, संक्रमण भयावह हुने चिन्ता स्थानिय निकाय र प्रहरी प्रशासन मूकदर्शक” शिर्षकमा समाचार प्रकाशित गरेपछि बुटवल उप–उपमहानगरपालिका ध्यानाकर्षण भएको पाईएको छ ।



लोकप्रिय समाचार
नयाँ