arrow

भारतीय संविधान निर्माता अम्बेडकरको तस्विर बोकेर जलाइयो नेपालको राष्ट्रिय झण्डा

झण्डा जलाउने र जातीय द्वन्द भड्काउने भिडियो प्रकाशन गर्ने ज्ञाल्जेन दोर्जे तामाङ सहित ८ पक्राउ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३ बुधबार
flag-burnt-tamang.jpg

काठमाडौं। सामाजिक सञ्जाल युट्युबमा मंगोल हप अफिसियल नामको युट्युब च्यानलबाट भदौ १ गते 'देशद्रोही' शीर्षकमा सार्वजनिक भएको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाउने गायक तथा मोडल भनिने ज्ञाल्जेन दोर्जे तामाङ सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सामाजिक सद्भाव भड्काउने गरि ज्ञाल्जेन दोर्जेले गाएका गीतका शब्दहरुमा नेपालको राष्ट्रिय झण्डालाई ‘ब्रा’ जस्तो भनेर संकेत गरिएको र जातीय द्वन्द्व भड्काउने गरी ‘बाहुन क्षेत्री लुटेरा शरणार्थी', बाहुन क्षेत्रीलाई खेदनु पर्छ भन्ने शब्दावलीहरुको प्रयोग गरी ढाका टोपीलाई पनि अपमानजनक शब्द प्रयोग गरेका छन् । 

भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, पूर्व प्रधानमन्त्रीहरु बीपी कोइराला, शेर बहादुर देउवा, पुष्पकमल दाहाल लगायतको तस्विर पनि जलाइएको छ । मंगोल नेशनल अर्गनाइजेशनको विचारबाट प्रभावित सो समुहले भारतीय संविधान निर्माता अम्बेडकरको तस्विर लिएको देखिएको छ । बुद्धको तस्विर तथा बौद्ध धर्मको झण्डा समेत सो भिडियोमा प्रयोग गरेको देखिएको छ । 

Image may contain: 4 people 

जातीय द्वन्दलाई प्रश्रय दिने, बर्गीय जातिय र साम्प्रदायिक आधारमा घृणा, द्वेष र अवहेलना उत्पन्न गराउने तथा नेपालको राष्ट्रिय झण्डामा आगो लगाउने समेतको कार्य उनीहरुले मकवानपुरको एक विद्यालयमा गरेको पाइएको छ । राष्ट्रिय झण्डाको अपमान र सामाजिक सद्भाव भड्काउने दृष्य सामाजिक संजालमा राखि प्रशारण गर्ने व्यक्तिहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध महाशाखाको बिशेष सकृयतामा बिभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । 

मकवानपुर बस्ने गायक तथा मोडल भन्ने ज्ञाल्जेन दोर्जे तामाङ भन्ने रोजीत कुमार तितुङ, काभ्रे बस्ने लावाङ तामाङ, काभ्रे बस्ने चलाकमान तामाङ,  काभ्रे बस्ने बर्ष संजय भन्ने हुत्त बहादुर तामाङ, काभ्रे बस्ने कमल कुमार लामा तामाङ, मकवानपुर बस्ने मंगोल बुद्द भन्ने अनोज कुमार तितुङ, सिन्धुपाल्चोक बस्ने संजित कुमार घिसिङ र दोलखा घर भई हाल काठमाण्डौ बस्ने अरुणा थामी पनि पक्राउ परेको राठौरले बताए । 



लोकप्रिय समाचार
नयाँ