arrow

सुनिलकुमारविरुद्ध जबर्जस्ती करणीको मुद्दा

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
Child-rape.jpg.jpeg

रौतहट । कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुव्र्यहार गर्ने गैरदलित युवकमाथि जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको छ । 

कटहरिया  २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुमार महतोले बताए । 

चार दिनअघि गाउँकै एक दलित बालिकालाई ललाइफकाई करणी गर्न लागेको भन्ने पीडितका बाबुको उजूरीका आधारमा मुद्दा दर्ता गरिएको र  बालिकाको स्वास्थ परीक्षणसमेत भएको डिएसपी महतोले जानकारी दिए ।

 घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ