arrow

अनावश्यक बाहिर ननिस्कन विद्यासुन्दरको अपिल, हप्तादिनमा आइसोलेसन कक्ष बनाइने

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
bidhyasundar-shakya.jpg

काठमाडौँ ।  सङ्घ, प्रदेश र काठमाडौँ उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ ।

 कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बुधबार एक अपिल जारी गर्दै पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेसन निर्माण गर्ने तयारी गरेको जानकारी गराए ।

अपिलमार्फत नागरिकलाई अनुरोध गर्दै प्रमुख शाक्यले नागरिककै साथ र सहयोहको कारण यस अघि गरिएको लकडान पूर्ण रुपमा सफल भएको भन्दै अबको समय थप जटील बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गरेका छन् ।

 भीडभाडबाट नै कोररोना भाइरसको संक्रणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहीर निश्कन पनि अपिल गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ