पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा बुधबार एकै दिन १६ जना कोरोना संक्रमित भेटिएका छन् ।
उनीहरु सबै पुरुष रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार बाग्लुङमा आठ जना संक्रमित थपिएका छन् । योसंगै गण्डकी प्रदेशमा बुधबारमात्रै २४ जना संक्रमित थपिए ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १८ सय १२ जना पुगेको छ ।