arrow

सुनिता दर्जीलाई बचाउने अभियान, जापानमा संकलित २ लाख ३६ हजार रामहरीले गरे हस्तान्तरण

दर्जी परिवारका ५ छोरी मध्ये एकको मृगौला फेल भएकै कारण यसअघी नै निधन

logo
प्रकाशित २०७७ भदौ ३ बुधबार
ramhari-kidney-victim-help.jpg

काठमाडौं। ओखलढुङा सेवा समाज जापानले ओखलढुङा मोलुङ २ लामीडाडा भोज बहादुर दर्जी र गीता दर्जीको छोरी सुनिता दर्जीलाई उपचारका लागि २ लाख ३६ हजार आर्थिक सहयोग गरेको छ। निरज कार्कीको संयोजनमा संकलन गरेको सहयोग नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गएर हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण गर्दै खतिवडाले जापानमा रही सहयोग संकलन गरेर पठाउने निरज कार्की लगाएत सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिदै बिरामी बहिनीको स्वास्थ लाभको कामना गरे।

पीडित दर्जी परिवारका ५ जना छोरी मध्य दुई छोरीका दुबै मृगौला फेल भएको र एउटी छोरीको आर्थिक अभावको कारणले उपचार नपाई मृत्यु भएको थियो। अर्की छोरी पनि दुबै मृगौला फेल भई हाल टिचिङ्ग हस्पिटल महाराजगन्जमा उपाचारत छिन।

आर्थिक अभावको कारण उपचारमा समस्या भएकोले ओखलढुंगावासीले सहयोग जुटाएका हुन्। सोही क्रममा ओखलढुङा सेवा समाज जापानले कार्कीको संयोजनमा नेपालीहरुसँग सहयोग उठाएर रकम नेपाल पठाएको हो।



लोकप्रिय समाचार
नयाँ