arrow

प्रम ओलीकै अगाडि उपप्रम पोखरेललाई पर्यटनमन्त्री भट्टराईले लगाए सरकार बदनाम गराएको आरोप  

पोखरेलको निर्देशनसँगै मलेसियाबाट आउने ३ उडान समेत रद्ध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ३ बुधबार
yogesh-kp-ishwor.jpg

काठमाडौं। सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलमाथि सरकारको बद्नाम गराउन लागि परेको भन्दै पर्यटनमन्त्री योगेश भट्टराईले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै अगाडी पर्यटनमन्त्री भट्टराईले दुबईबाट नेपाल आउनका लागेका श्रमिकलाई ल्याउन अनुमति नदिएको र त्यसमा रक्षामन्त्री स्वंयको हात रहेको भन्दै यस्तो गम्भीर आरोप लगाएका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा बुधबार साँझ भएको सिसीएमसीको बैठकमै सो भनाई राखेपछि ओलीले हस्तक्षेप गरेर मिलाएका थिए । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन अनुमति नदिएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईबीच मंगलबार नै विवाद भएको थाह पाएका प्रधानमन्त्री ओलीले बुधबार दुई मन्त्रीहरुलाई बोलाएर विवाद मिलाउने प्रयास गरेका थिए । यद्यपि भट्टराइले रक्षामन्त्री पोखरेलका कारण गरिब जनताका छोराछोरीले दुःख पाएको बताएका थिए ।

सरकारले कोभिड–१९ महामारीको संक्रमण रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि गठन गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्दैशक समितिले उद्धार उडान अनुमति रोक्न निर्देशन दिए लगत्तै दुबई विमानस्थलमा नेपालीहरु अलपत्र परेपछि दुईमन्त्रीबीच मंगलबार विवाद भएको थियो । 

सिसिएमसीको मंगलबार बसेको बैठकमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउन सिसीएमसीले रोक लगाएपछि भट्टराइले समन्वय नगरी रोक लगाउदा सरकारको छवि समेत विग्रेको भन्दै विरोध गरेका थिए । तर पोखरेलले त्यसलाई इन्कार गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रीपरिषद बैठकमा पोखरेल संयोजक रहेको समितिलाई कोरोना रोकथाम, नियन्त्रणसम्बन्धी ठोस प्रस्ताव ल्याउन निर्देशन दिएपछि मंगलबार सीसीएमसीको बैठक बसेको थियो । मंगलबार बसेको सीसीएमसीको बैठकमा नेपालीलाई स्वदेश ल्याउने निर्णय कुन आधारमा गरिएको हो अलपत्र परेका नेपालीहरुले सरकारलाई गाली, आक्रोश पोख्न, सामाजिक सञ्जाल र विपक्षीहरुको समेत गाली खानुपर्ने, नेपालीहरु श्रमिकहरु त्यहाँबाट फिर्ता हुनुपर्ने अवस्था किन आयो भन्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलसँग पर्यटनमन्त्री भट्टराइले प्रश्न गरेका थिए । सीसीएमसी निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल हुन् ।

सिसीएमसीले अनुमति नदिंदा दुबई एयरपोर्टमा अलपत्र परेका २६६ नेपाली श्रमिकहरुको उद्दार हुननसकेपछि पर्यटन मन्त्री भट्टराइले बैठकमै आपत्ति जनाएका हुन् । विदेशबाट नेपाल आउने पिसिआर गरेका नागरिकको पिसिआर रिपोर्ट ७२ घन्टापछि पुनः काम नलाग्ने बताउँदै भट्टराइले दुबईबाट आउने अधिकांश दुःख पाएका नेपाली फर्कन लागेका बेला सिसिएमसीबाट झनै दुःख थपिदिने काम भएको समेत बताएका थिए । नेपाल एयरलाइन्सको जहाज सोमबार राति २१३ यात्रु लिएर दुबई गएको थियो ।

पर्यटन मन्त्रालयका स्रोतका अनुसार सोही जहाजबाट स्वदेश फर्किनका लागि २६६ नेपाली दुबई एयरपोर्ट पुगेका थिए । पिसिआर परिक्षण लगायतका घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्ट पुगेका उनीहरु निराश भएर फर्केका थिए । पीसीआर परीक्षण लगायतका सबै प्रक्रिया पुरा गरेर दुवई विमानस्थलमा पुगेका यात्रुहरु स्वदेश आउन नपाएपछि उनीहरुले नेपाल सरकारविरुद्ध आक्रोस पोखेका थिए । २६६ यात्रुले घर फिर्तीका लागि आबश्यक प्रक्रिया पुरा गर्दा पिसीआर परिक्षण लगायतका काममा कम्तीमा १५ देखि २० लाख खर्च र कानुनी प्रकृया यात्रु आफैले पूरा गरेका थिए । यात्रुहरुलाई दुबईमा छोडेर नेपाल एयरलाइन्स भने खाली फर्किएको थियो । 

सिसिएमसीको निर्णयसँगै मलेसियाबाट काठमाडौंका लागि तय गरिएको तीनवटा उडान रद्द भएका थिए । मलेसिया दूतावासले १९, २० र २१ अगस्टका लागि तय गरेको उडानका लागि श्रमिकहरूले टिकट काटिसकेका थिए । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले उडान रद्द गर्न आग्रह गरेपछि मलेसियाबाट हुने चार्टर्ड उडान रद्द भएका हुन् । सीसीएमसीले भदौ १ गते पराराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै यात्रु नल्याउन निर्दैशन दिएको थियो । संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको, स्थानीय तहले निषेधित क्षेत्र घोषणा गरेको जस्ता सामान्य कारण देखाएर उडान रोकेको थियो ।



लोकप्रिय समाचार
नयाँ