arrow

पहिरोले घर वगाउदा एक वालकको मृत्यु दुई जना वेपत्ता

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७७ भदौ ३ बुधबार
landslide_Bajura.JPG

दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका वडा नं. ४ गैरागाउँमा गए राति पहिरोले पुरिएर एक जना वालकको ज्यान गएको छ भने एक जना वालक वेपत्ता भएका छन् । मृत्यु हुनेमा १२ वर्षीय बालक जनक कठायतको शब भेटिएको छ भने अर्का संगै सुत्न गएका ११ वर्षिय वालक पहिरोमा परेर वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीका अनुसार ठाँटीकाँध गाउँपालिका ४ गैरागाउँका ११ वर्षीय लोकेश कठायत र भगवतीमाई गाउँपालिका वडा नं. ५ कट्टीमा गएको पहिरोले घर बगाउँदा ६६ वर्षीय बलबहादुर रावत वेपत्ता भएका जानकारी दिए। फरक फरक ठाउँको भएकोले गैरागाउँमा ठाँटीकाँध इलाका प्रहरी चौकी र कट्टीमा बेस्तडा प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ गैसकेकोले थप विवरण लिन बाँकी रहेको प्रहरी नायव उपरीक्षक ओलीले बताए।

बिसलाको गैरागाउँमा गएको पहिरोले ७ घर बगाएको छ । पहिरोमा परी एकै घरका ४ जना सहित ६ जना घाइते भएका छन । घाइतेहरुको राती स्थानीयहरुले उद्धार गरेको र बेपत्ताको खोजी तथा प्रभावित परिवारहरुको व्यवस्थापनको काम भइरहेको ठाँटीकाँध गाउँपालिका ४ का वडाध्यक्ष रमेश सिजापतीले जानकारी दिए।

राति पहिरो गएको जानकारी पाए लगतै स्थानीयले गैरागाउँका विभिन्न स्थानबाट ७६ जनालाई उद्धार गरेका छन् जस मध्ये ६ जना घाइते अवस्थामा छन् । ४२ वर्षीय टीका कठायत, ४० वर्षीया धनसरा कठायत, १७ वर्षिया वेल कठायत, १५ वर्षीय सम्शेर कठायत, ३४ वर्षीय महेन्द्र शाही र २३ वर्षका गम्म नेपालीलाई घाइते अवस्थामा उद्धार गरिएको ठाँँटीकाँध गाउँपालिकाका कार्यपालिका सदस्य पदमबहादुर बिकले जानकारी दिए। घाईतेहरुको स्थानीय स्वास्थ्य चौकिमा उपचार भईरहेको छ ।

दैलेखमा वर्षात नियमित हुनथालेपछि विभिन्न स्थानमा पहिरो आउने सम्भावना वढेकोले जिल्ला दैविप्रकोप उद्धार समितिले सवैलाई सचेत रहन अनुरोध समेत गरेको छ ।



लोकप्रिय समाचार
नयाँ