काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइनल समीकरण पूरा भएको छ । बुधबार रातिको खेलमा जर्मन क्लब बायर्न म्युनिख फाइनलमा पुगेसंगै फाइनल समीकरण पूरा भएको हो ।
पोर्चुगलको लिस्बनमा भएको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लियोनलाई ३(० गोल अन्तरले पराजित गर्दै बायर्न फाइनलमा पुगेको हो ।
बायर्नलाई जित दिलाउन सर्ज गनाब्रीले दुई गोल गरे । यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल गरे ।
अब बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।
सेमिफाइनलमा जर्मन क्लब आरबी लेप्जिगलाई ३(० गोल अन्तरले हराएर पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
पीएसजी ले आफ्नो करियरमा रेकर्ड राखेको हो ।
बायर्न र पीएसजी बीचको फाइनल खेल अगस्ट २३ तारिखको राति १ः१५ बजे हुनेछ ।