रौतहट । रौतहटमा हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या भएको छ । बुधबार राति ९ः३० बजेतिर माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको टाउकोमा गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।
भोजन गरिरहेको समयमा अज्ञात ब्यक्तिले गोली हानी साहको हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा बताएको छ ।
प्रहरी टोलीले अनुसन्धान जारी रहेको जनाएको छ ।