रौतहट । बुधबार राति रौतहटमा गोली प्रहार गरी एक पुजारीको हत्या गरिएको छ । जिल्लाको माधव नारायण नगरपालिका २ खेसरहिया स्थित हनुमान मंदिरका पुजारी श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनी ६५ बर्षका बृद्ध हुन् । बुधबार राति ९ बजे पुजारी साह मन्दिर अगाडि खाना खान लागेको समयमा अज्ञात समुहले उनको कन्चटमा गोली हानेको थियो ।
गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
हनुमान मंदिर गाउँ भन्दा टाढा एकान्तमा रहेकाले घटनाको पुर्ण विवरण आउन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।
माधव नारायण २ खेसरहियाको चारै नाका र भारतीय सिमानामा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको र घटना कसले घटाएको भन्ने कारण हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।