arrow

१ हजार ६ सयले घट्यो सुनको मूल्य, कति पुग्यो?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ४ बिहिबार
gold-jewellery.jpg

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार १ हजार ६ सय रुपैयाँले सुनको मूल्यमा गिरावट आएको हो ।

बिहीबार निषेधाज्ञाको पहिलो दिन छापावाल सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ प्रतितोला कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा काकरोबार भएको थियो । मंगलबार कायम भएको सुनको उक्त मूल्यमा बुधबार कुनै उतारचढाव भएन ।

महासंघका अनुसार बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ रहेको छ ।

नेपाली बजारमा गत साउन २३ मा सुनको मूल्य हालसम्मकै उच्च पुगेको थियो । उक्त दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
नयाँ