arrow

मृगौला पिडित प्रमोदको चिकित्सकले गरिदिएनन् डायलोसिस, छट्पटिँदै त्यागे प्राण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ भदौ ४ बिहिबार
pramod-kumar.jpg

धनुषा । धनुषामा चिकित्सकको लापरबाहीका कारण मृगौला पिडित विरामीको मृत्यु भएको छ। कोरोनाको कहरमा कतै पनि उपचार नपाएपछि प्रमोद कुमार महतोको छटपटिएर मृत्यु भएको हो ।

धनुषा जिल्ला सवैला नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय महतो जसोतसो बाचिरहेका थिए तर महिनौंदेखि उनको उपचार हुन नसकेपछि मृत्यु भएको छ । 
 
प्रादेशिक अस्पताल जनकपुरका स्वास्थ्यकर्मीको लापर्वाहीले महतोको ज्यान गएको आफन्तले आरोप लगाएका छन् । महतो उपचारका लागि अस्पताल पुग्दा स्वास्थ्यकर्मीले डायलोसिस नगरेका कारण बुधबार छट्पटिँदै मृत्यु भएको बताइएको छ  ।

मृतकका ५५ वर्षीय बुवा जोगेन्द्र महतो र ५० वर्षीया आमा रामकुमारी महतोले प्रमोदलाई उपचारका लागि भदौ २ गते बिहान १० बजे नै प्रादेशिक अस्पताल जनकपुर लगेका थिए । श्वास फेर्न समस्या भएपछि अस्पताल पुर्याएको थियो ।

'सुरूमा इमर्जेन्सीको टिकट कटाएपछि इमर्जेन्सी कक्षमा भर्ना गरे,' मृतकका बुवाले भने ‘इमर्जेन्सी कक्षमा एउटा सुइँ लगायो तर पनि श्वासको समस्या ठीक भएन ।’ मिर्गौलाको बिरामी भएको कारण डायलोसिस नै गर्नुपर्छ भनेर चिकित्सकले अस्पतालकै डाइलायसिस वार्डमा लैजान भनेका थिए ।

वरिष्ठ रक्तरोग विशेषज्ञ डा. अजयकुमार झाका अनुसार मिर्गौलाका बिरामीले समयमै डायलोसिस नपाएर फोक्सोदेखि श्वासप्रश्वाससम्म असर पर्न गएको बताए ।  प्रमोदले डायलोसिस वार्डमा सेवा नपाएको उनले स्विकारे । 

'नर्सले स्वास्थ्यकर्मी समेत नरहेका कारण डायलोसिस हुँदैन बाहिर लग्नुस् भनेर जवाफ दिएका थिए।, मृतकका बुवा महतोले भने,'  बिरामीलाई धेरै अप्ठ्यारो भयो, श्वास समेत लिन सकिरहेको छैन  मैले र मेरी श्रीमतीले ती दुवै जना नर्सहरूलाई हारगुहार गर्‍यौं, तर पनि हाम्रो बिन्तीलाई पर्वाह नै गरेनन्, क्रूर बने । बिरामीको अवस्था देखेर पनि दयामाया लागेन।'



लोकप्रिय समाचार
नयाँ