arrow

लिदी पहिरोमा हराएका थप चार जनाको भेटियो शव

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
jugal-pahiro.jpg

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

बिहिबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,  पाँच वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। 

पहिरामा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी  भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ