कपिलवस्तु । कपिलवस्तुमा मंगलवार २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार विहिवार जिल्लामा थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कार्यलयका अनुसार संक्रमित मध्ये कृष्णनगर नगरपालिकाका बासिन्दा हुन । कृष्णनगर र बहादुरगजं बजार क्षेत्रवाट साउन ३१ गते लिइएको ३२९ जनाको नमुना मध्ये २४ जनामा पोजेटिभ देखिएको र अझै २१८ जनाको स्वावको नतिजा प्रतिक्षामा रहेको बताइएको छ ।
कोरोनाका कारण अहिले सम्म २ जनाको ज्यान गएको छ । जिल्लामा समुदायमै कोरोना देखिएपछि यहि भदौ ७ गते सम्म निषेधज्ञा जारी गरिएको छ ।