arrow

राज कपुर र चार्ली च्याम्पियनलाई हेरेर अनिल कपुरले गरे यस्तो निर्णय

logo
प्रकाशित २०७७ भदौ ४ बिहिबार
anil-kapoor.jpg

एजेन्सी । बलिउड अभिनेता अनिल कपुरले एक कार्यक्रममा आफ्नो जुगाँ राख्नुको रहस्य खुलाएका थिए ।  एक अन्तर्वार्ताको क्रममा उनले आफ्ना अन्तरकथा सुनाएका थिए ।  सोहि अन्तरकथाबाट केहि अंश ।    

'राज कपुर  मलाई सबैभन्दा मन पर्ने कलाकार हुन् । बहाँ भन्नुहुन्थो मनोरञनात्मक चलचित्र बनाउ दर्शकलाई हसाँउ र त्यसमा केहि सन्देश देउ । राज साहबले पनि मलाई मन पराउनुहुन्थो । ‘परमवीर चक्र, नामको चलचित्रमा मलाई खेलाउन चाहानुहुन्यो तर चलचित्र बन्न सकेन ।'

'राज साहब जुँगा राखनुहुन्थियो ।त्यसैले मैले पनि जुगाँ राखेको हु ।  चार्ली च्याम्पियन जुगाँसँगै मनोरंजन दिन सक्थे भने म किन सक्दिन भन्ने लाग्यो र मैले जुगाँ राखे ।जुगाँ काट्ने मेरो कुनै चाहाना छैन ।'

एक समय मैले पनि शरिर बनाएको थिए ।नाक-कान छेडेको थिए । शरिर पनि नियन्त्रणमा थियो तर सो समय ती कुराको कुनै मतलब हुदैन थियो ।  आजकल यस्तै समाचार ज्यादा आउछ तर हलिउडमा जस्तै यसको अन्त्य हुनेछ भन्ने मलाई लाग्छ ।  हलिउडमा लुक भन्दा ज्यादा अभिनयमा ध्यान दिइन्छ त्यहाँ काम मात्र हेरिन्छ ।'

अनिल कपुरले आफु श्रीमती सुनीतासँग निकै डराउने गरेको बताएका छन् । 'मलाई आफ्नो श्रीमती सुनीतासँग निकै डर लाग्छ । जब म घर पुग्छु तब म एक आज्ञाकारी श्रीमान्‌को भुमिकामा हुन्छु । तर जब म सुटिङ सेटमा वा बाहिर निस्कन्छन् तव मोज मस्ती गर्दै समय बिताउछु ।'



लोकप्रिय समाचार
नयाँ