arrow

काठमाडौं उपत्यकामा शुक्रबार बैंकिङ सेवा के होला?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ४ बिहिबार
nepal-bankers-assocation-nba.jpg

काठमाडौं । बैंकका कर्मचारीलाई काममा जाँदा बाटोमा नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । बिहीबार बैंकमा जान लागेका कर्मचारीलाई ट्राफिक प्रहरीले रोकेपछि गृह मन्त्रालयले शुक्रबार देखि नरोक्न निर्देशन दिएको हो ।

बैंकिङ सेवालाई अत्यावश्यक सेवामा राखिएको भन्दै गृह मन्त्रालयले काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रमुखहरुलाई बैंकिङ सेवाका लागि बैंकमा जान लागेका कर्मचारीलाई अवरोध नगर्न निर्देशन दिएको हो ।

योसँगै शुक्रबार देखि काठमाडौं उपत्यकाका बैंकका शाखाहरुमा न्युनतम कर्मचारी राखेर सूचारु हुने भएका छन् ।

बिहीबार बैंकका कर्मचारीहरुलाई प्रहरीले रोकेपछि बैंकर्स संघले बिहीबार उपत्यकाका मूख्य कार्यालयबाहेकका सबै शाखा बन्द गरेको थियो ।

बैंकरहरुले एटिएममा पैसा उपलब्ध गराउन, विद्युतीय कारोबारलाई सहजता हुनेगरी भएपनि न्युनतम कर्मचारीलाई अवराेध गर्न नहुने बताउँदै आएका छन् ।



लोकप्रिय समाचार
नयाँ