गुल्मी । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजना गरिएको अनलाइन एकल तीज नृत्य प्रतियोगिताको पहिलो चरणमा दश उत्कृष्ट प्रतियोगी कलाकारहरु छनोट भएका छन् ।
कोभिड १९को प्रभावले गर्दा खुला ठाँउमा बाहिर जमघट गरि तीज कार्यक्रम गर्ने अवस्था नभएपछि पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताको पहिलो चरणबाट नेपालका अनुशा राउत, मेलिना तामाङ्ग, नमिता तामाङ्ग, रुपा लामा, सोनी गुरुङ्ग, समिक्षा भट्टराई र अष्ट्रेलियाबाट दिव्या भट्टराई, पे्ररणा खड्का, प्रिति सापकोटा, र न्यूजिल्याण्डबाट अस्मिता श्रेष्ठसहित उत्कृष्ट दश प्रतियोगी कलाकारहरु फाइलन अर्थात् अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।
एकल तीज नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने यहि भाद्र ७ गते अथार्थ ऋषिपञ्चमीको दिन हुने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।
साथै प्रतियोगितामा मूल्याङ्कन छनोटको आधार भने सामाजिक सञ्जाल अर्थात फेसबुकको लाइक,शेयर,कमेन्ट,भ्यूजबाट ३० अंक र निर्णायक मण्डलको ७० अंक सहित गरि १०० अंकको मूल्याङ्कन आधारमा प्रतियोगी कलाकार छनोट गरि विजेता घोषणा गरिने छ ।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त रुपमा पहिलो पटक आयोजना गरिएको एकल तिज नृत्य प्रतियोगितामा विजेता हुने प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः नगद रु.६३ हजार, ४२ हजार ५ सय, २१ हजार र सम्मान पत्र प्रदान गरिने गुल्मी समाजका सचिव अर्यालले जानकारी दिए ।
त्यस्तै हाम्रो पुरानो मौलिकता जोगाउन र कला संस्कृतिलाई संरक्षण प्रर्वद्धन विकास गर्नका लागि पहिलो पटक अनलाइन मार्फत् एकल तीज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।