काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वलाई नै अस्तव्यस्त पारेका बेलामा विश्व स्वास्थ्य संगठन डब्लुएचओले अझ डरलाग्दो अलर्ट जारी गरेको छ ।
डब्लुएचओले २० देखि ४० वर्ष उमेरका युवामा कोरोना तीव्र रुपमा फैलिइरहेको भन्दै अलर्ट जारी गरेको हो ।
उसले युवाहरु आफैं नै संक्रमित भएकामा उनीहरु नै यसबारेमा जानकार नभएको डब्लुएचओले बताएको छ ।
डब्लुएचओले यस्ता लापरवाह युवाबाटै वृद्धवृद्धा र बिरामीमा सजिलै सारेको हुन सक्ने भन्दै युवा नै अहिले खतरनाक बन्दै गएको बताएको हो ।
युवाहरु नै विशेषगरी बाहिर काममा गइरहने भएकाले उनीहरुमै बढी संक्रमण देखिएको छ । उनीहरु नै बाहिर बेपर्वाह घुमिरहेका छन् ।
तिनै युवाहरु झन् पार्टीमा मस्त रहने गरेकाले पनि झन् ठूलो समस्या निम्तिरहेको डब्लुएचओले बताएको छ ।
विशेषज्ञहरुका अनुसार कोरोनाको सामान्य संक्रमणको अवस्थामा युवाहरुमा लक्षण देखिँदैन । तर उनीहरु सार्नका लागि भने योग्य हुन्छन् ।
डब्लुएचओले अहिले बिना मास्क कसैसंग पनि १५ मिनेट कुराकानी नगर्न आग्रह गरेको छ । त्यसैगरी अनिवार्य रुपमा सामाजिक दूरी, मास्कको प्रयोग र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ ।
तीन फिटभन्दा कमको दूरीमा बसियो भने त्यो ‘क्लोज कन्ट्याक्ट’ हुने भन्दै डब्लुएचओले यसमा पूर्णरुपमा बर्जित नै गरेको छ ।
क्लोज कन्ट्याक्टमा पूर्ण रुपले कोरोनाको डोज लोड हुनेसमेत डब्लुएचओले बताएको छ ।
डब्लुएचओले युवाहरुले स्वास्थ्य गाइडलाइनको पालना नगरेकोमा चिन्ता समेत व्यक्त गरेको छ ।