arrow

कोरोना भाइरसको सङ्क्रमणका कारण ६४ वर्षीय पुरुषको गयो ज्यान

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
corona-death-pokhara.jpg

झिमरुक । प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले  बताए । 

गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका उनको  कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । 

सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उनलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए । उनी मधुमेह र  र रक्तचापका बिरामी थिए । 



लोकप्रिय समाचार
नयाँ