arrow

निषेधाज्ञाको कारण खुम्चियो कालीमाटी तरकारी बजारको कारोबार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
tarul-kalimati.jpg

काठमाडौं । निषेधाज्ञाका कारण मालीमाटी फलफुल तथा तरकारी बजारमा तरकारीको कारोबारमा कमी आएको छ ।

मालीमाटी फलफुल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार निषेधाज्ञाका कारण बजारमा उपभोक्ताले प्रवेश गर्न नपाउँदा कारोबारमा कमी आएको हो ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालीमाटी तरकारी बजार निरन्तर खुला रहेपनि निषेधाज्ञाका कारण उपभाक्ता बजारसम्म आउन नपाउँदा कारोबारमा कमी आएको हो । ‘हामीले त बजार त निरन्तर नै राखेका छौं’ उनले भने, ‘उपभोक्ताले बजारसम्म आउन नपाउँदा दिउँसोमा हुने कारोबारमा कमी आएको छ ।’

उनका अनुसार निषेधाज्ञाका कारण बिहानको समयमा मात्रै कालीमाटी बजारबाट तरकारी तथा फलफुलको विक्री वितरण हुने गरेको छ । ‘बिहान ७ बजेसम्म विक्री वितरण भइरहेको छ’ श्रेष्ठले हाम्राकुरासँग भने, ‘सामान लिएर आउने जानेलाई हाम्रो कुनै अवरोध छैन ।’

प्रहरी प्रशासनले बिहानको समयमा अलि अलि मानिसको आवतजावत गर्न दिएपनि दिउँसोको समयममा करिब करिब ठप्प रहेको छ ।



लोकप्रिय समाचार
नयाँ