arrow

आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ भएको एलजीको वासिङ मेसिन नेपाली बजारमा

logo
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
lg-washing-ai.jpg

काठमाडौं। एलजी एआई डीडी टीएम (आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ) मोटर भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ। यस वासिङ मेसिनमा एआई डीडी टीएम जस्ता लेटेस्ट प्रविधि रहेको दावी गरिएको छ।

यसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउँछ। एआई डीडी टीएम वासिङ मेसिनले बिग डाटा विथ डिप लर्निङ्ग उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुने एलजीले जनाएको छ।

यस वासिङ मेसिनमा स्टिम प्लस टीएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९ प्रतिशत किटाणु नष्ट गर्ने र हाइजेनिक वास दिनुका साथै ३० प्रतिशत कपडाहरुलाई खुम्चिनबाट बचाउने कम्पनीको दावी छ।

टर्बो वास टिएम ३६० डिग्री र फोर हाइ स्पिड स्प्रे नोजल विथ इन्भर्टर पम्प टेक्नोलोजी रहेको यस मेसिनले उच्च र कम गति आवश्यकता अनुसार पानीका फोहोरा फाल्ने र ३९ मिनेटमा वास साइकल पूरा गर्ने भएकाले बिजुली र समयको बचत गर्ने कम्पनीले जनाएको छ।

यसमा मिसएलान्ड १०० प्रतिशत स्टेनलेस स्टिल लिफ्टर छ जसले गर्दा कपडाहरुमा रहेको किटाणु नष्ट गरि हाईजेनिक र कपडा गनाउन दिँदैन। यसमा टेम्पर ग्लास डोर छ जसमा स्क्राच नलाग्ने स्थायित्व प्रतिरोधि हुनुका साथ साथै एलिजेन्ट डिजाइन, वास साइकल छनोट गर्ने आकर्षक मेटालिक नब र बिग एलइडी डिस्प्ले रहेको छ।

कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्धतले रिन्ज र स्पिन को बेलामा मेसिनलाई  स्थिर, लो–नोइज र कम्पन मुक्त गर्दछ। नेपालमा एल।जी। ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजि इम्पेक्स प्रालि रहेको छ।



लोकप्रिय समाचार
नयाँ