arrow

आलोपालो कर्मचारी गरी रेमिट्यान्स भुक्तानीको व्यवस्था मिलाउनु : राष्ट्र बैंक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
NRB.JPG

काठमाडौं । नेपाल राष्ट्र बैंकले आलोपालो कर्मचारी गरी रेमिट्यान्स (विप्रषण) भुक्तानीको व्यवस्था गर्न रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै रेमिट्यान्स कम्पनीहरुलाई उक्त निर्देशन दिएको हो ।

विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनु पर्ने नागरिकहरुका लागि अप्ठ्यारो पर्ने सक्ने देखिएकाले स्थानीय प्रशासनको निषेधाज्ञा पालना हुनेगरी सकेसम्म न्युनतम कर्मचारीबाट विप्रेषण भुक्तानीको व्यवस्था मिलाउन सूचनामा उल्लेख गरिएको छ ।

स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाई सकेसम्म न्युनतम कर्मचारीबाट उक्त व्यवस्था मिलाउन सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थासँग समन्वय गर रेमिट्यान्स फण्ड ट्रान्सफर तथा सटही गर्ने एवं सम्भव भएसम्म विप्रेषण भुक्ताती बैंकमार्फत हुने व्यवस्था मिलाउन समेत सूचनामार्फत भनिएको छ ।



लोकप्रिय समाचार
नयाँ