मोरङ। सम्पर्क तथा भूआर्जन अधिकृत सम्पर्क तथा भुआर्जन कार्यलय कोशी योजना बिराटनगरले राजस्व र भ्याट वापतको रकम उठाउन आफूले परियोजनाको वीरपुर कार्यालयलाई ताकेता गरिरहेको जनाएको छ। सम्पर्क अधिकृत सन्तोष कुमार चोङबाङ(लिम्बू)ले हाम्राकुरासँग कुरा गर्दै आफूले ३५ करोडको हाराहारीमा रहेको भ्याट र राजस्व उठाउन ताकेता गरिहरकेो बताएका छन्। उनले परियोजनाका चीफ इन्जिनिरयर प्रकाश दाससँग ताकेता गरेपनि काम नभएको बताए।
नेपालमा काम गर्दा नेपाली कम्पनीहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भनिए अनुसार नेपाली कम्पनीहरुले काम गरेपनि भ्याट र राजस्व भने उतै कटाएर राख्दा केहि बर्षदेखि दाखिला हुन नसकेको उनले बताए। परियोजनाको काम लिएर काम गर्ने कम्पनीहरु अहिले परियोजना कार्यालयका कारण अप्ठ्यारोमा परेको उनले बताए।
पशुपति निर्माण सेवा, ढुकुचुकु निमार्ण, सूर्य एण्ड सन्स, गौरी पार्वती, स्वच्छन्द निर्माण सेवा, श्रीजयन्ती लगायतका कम्पनीहरुले परियोजनासँग गरेको कामको भ्याट र राजस्व बुझाउन नसकेको लिम्बुले बताए। कम्पनीहरुले पनि परियोजनाले कटाएको रकम आफूहरुले तिर्न नसक्ने बताइरहेपनि परियोजनाले यसमा ध्यान नदिएपछि दवावस्वरुप आफूले पास उपलव्ध गराउन छोडेको लिम्बुले बताए। भ्याट र राजस्व बुझाउन बाँकी कम्पनीहरुलाई पास नदिने बताएपनि केहि बुझाएका कम्पनीहरुलाई समेत पास रोकिएको बारेमा भने उनले त्यस्तो पाइए उनीहरुलाई पास उपलव्ध गराइने बताए।
सम्पर्क कार्यालयको तर्फबाट पठाइएको ध्यानाकर्षणपत्र
लियाजन अफिसरले अधिकारको दुरुपयोग गरेको समाचारले मेरो ध्यानाकृष्ट भएको छ। बिगत तीन वर्ष अघि देखि बाँकी ३५ करोड भन्दा ज्यादा भयाट र राजस्व गरी नेपाल सरकारलाई तिर्न बाँकी छ। आन्तरीक राजस्व कार्यलय धरानलाई भ्याट र हाम्रो कार्यलय सम्पर्क तथा भुआर्जन कार्यलय, कोशी योजना बिराटनगरलाई राजस्व कोशी योजनमा काम गर्ने ठेकेदार मार्फत बिरपुर भारतलाई बारम्बार ताकेता गरेता पनि भ्याट र राजस्व अझै तिरेका छैनन। भारतीय पक्षले Comprehensive Financial Management System, CFSM online भुक्तानी प्रणाली बिकसित नभएको कारण देखाउँदै भ्याट र राजस्व नतिरिरहेको अवस्था छ । फेरी हामीले गाडी रोकेका छैनो । बरु पास नसिद्धिएका गाडीहरु चलिरहेका छन् । तर वाँकी भ्याट र राजस्व बुझाउँन भनेर नयाँ पास जारी मात्र नगरेको हो जसका कारण बाँकी बक्यौता उठोस वा सरकारको भ्याट र राजस्व जम्मा होस । हामीले सबै गाडीहरुको नयाँ पास नबनाएका होइनौ । भ्याट र राजस्व तिरेका ठेकेदार र भारतीय अधिकारीका गाडीहरूलाई रोकेका छैनौ । त्यसैले बाढीमा खासै असर पर्दैन काम भइरहेको छ । फेरी अहिले नै दबाब नदिने हो असोज १५ देखि काम सिद्धने भएका दबाब नपर्न सक्छ । त्यसैले भ्याट र राजस्व उठाउँनको लागि नयाँ गाडीको पास इस्यु नगरिएको हो । गाडी पास नयाँ इस्यु नगर्नुको पहिलो कारण नै भ्याट र राजस्व उठाउन लागि हो । मैले कति गम्भीर भएर खटेको छु र बाँकी बक्यौता उठाउँन लागेको छु भनेर यहाँ धेरैलाई थाहा छ । जहासम्म तस्बिरको कुरा छ एक महिना अगाडि कोशी क्षेत्रमा फिल्ड भिजिट गर्दा आरक्षमा बाटो भइ हिड्दा खिचिएको फोटो हो
सन्तोष कुमार चोङबाङ(लिम्बू)
Lioison Cum. Land Acquisition officer )
सम्पर्क तथा भूआर्जन अधिकृत सम्पर्क तथा भुआर्जन कार्यलय कोशी योजना बिराटनगर नेपाल।