नयाँदिल्ली । भारतका कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी संक्रमणमुक्त भएको पाइएको छ ।
भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी संक्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।
कुल संक्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांक अनुसार कुल संक्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये अहिलेसम्म ५४ हजार ८७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला संक्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ ।
भारतमा अहिले छ लाख ९२ हजार २६ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।