arrow

कूटनीतिक राहदानी बाहक नेपालीलाई इजरायल भ्रमणमा ९० दिनसम्म भिसा नचाहिने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ५ शुक्रबार
nepal_vs_ijrayal.jpg

काठमाडौं । नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशमा भ्रमण गर्नका लागि ९० दिनसम्म प्रवेशाज्ञा (भिसा)को आवश्यकता नपर्ने भएको छ ।

नेपाल र ईजरायल सरकारबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै दुवै देशका कूटनीतिक राहदानी बाहक नागरिकले यो सुविधा पाउने भएका हुन् ।
इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित  कार्यक्रममा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  ‘सम्झौतासँगै अब इजरायल वा नेपालमध्ये कुनै एक राष्ट्रको कुटनीतिक राहदानीबाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि प्रवेशाज्ञा (भिसा) लिनु पर्दैन,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ