काठमाडौं । मुलुकभरि पछिल्लो २४ घण्टामा ८ सय ३८ जना कोरोनाका नयाँ विरामी फेला परेका छन् ।
कुल १३ हजार ५ सय ७९ पीसीआर विधिबाट गरिएको परिक्षणमा संक्रमितको उक्त सँख्या फेला परेको हो ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार गराएको जानकारी अनुसार २ सय ९२ जना महिला र ५ सय ४६ जना पुरुषमा कोरोना देखिएको हो ।
शुक्रबार भेटिएका ८ सय ३८ जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको सँख्या ३० हजार ४ सय ८३ जना पुगेको छ ।