काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार जानकारी गराए अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ११ जिल्लामा ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् । मोरङ, पर्सा बारा, सप्तरी, सर्लाही, काठमाडौं, लिलतपुर, चिवतवन, मकवानपुर र प्युठानमा एक ÷एक जनाको मृत्यु भएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सरकारले चैत ११ गते देखि जारी गरेको लकडाउन गत साउन ६ गते देखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ ।
कोरोनाको संक्रमण र मृतकको सँख्या पनि बढिरहेको भन्दै सरकारले सर्व साधारणलाई सचेत रहन आग्रह समेत गरेको छ ।
उपचारमा सरकारको खर्च समेत अत्यधिक भइरहेको र उपचारको सम्भावना समेत नभएको भन्दै सरकारले बुधबार देखि गरिएको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न सरकारले आग्रह गरेको हो ।