काठमाडौं । सरकारले पीसीआर विधिमार्फत कोरोना परिक्षणमा ३ अर्ब रुपैयाँ खर्च गरेको छ। पीसीआर परिक्षणमा मात्रै हालसम्म ३ अर्ब १८ करोड रुपैयाँ खर्च गरिएको सरकारले जानकारी गराएको हो। स्वास्थ तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार कोरोनाको पछिल्लो अपडेट जानकारी गराउँदै पीसीआर परिक्षणमा मात्रै राज्यको ३ अर्ब १८ करोड रुपैयाँ खर्च गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर विधिमार्फत कोरोना परिक्षण गरिएको छ। परिक्षण गरिएको उक्त सँख्या मध्ये ३० हजार ३० हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका प्रवक्ता गौतमले खर्च र संक्रमति पुष्टि भएको तथ्याङ्क अनुसार एउटा पोजिटिभ केसमा १ लाख ४ हजार ६ सय रुपैयाँ खर्च हुने गरेको बताए। उक्त खर्च ल्याबको मात्रै भएको भन्दै गौतमले त्यसबाहेक उपचारमा समेत खर्च हुने भएकाले राज्यको ठुलो रकम खर्च भइरहेको चिन्ता व्यक्त गरे।
परिक्षणमा खर्च, उपचारमा खर्च गरेर पनि संक्रमित निको हुने ग्यारेण्टी नरहेको संकेत गर्दै गौतमले सरकारले लागु गरेको निषेधाज्ञा पूर्णरुपमा पालना गर्न सर्वसाधारणलाई अनुरोध गरे। अत्यावश्यक बाहेक बाहिर ननिस्किन र निस्कनै परेमा स्वास्थका मापदण्ड पालना गरेर मात्रै घर बाहिर निस्कन गौतमको आग्रह थियो।
शुक्रबार पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३८ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ११ जनाको छ।