कावासोती । पुर्वी नवलपरासीमा शुक्रवार २२ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा १८ जना, कावासोती नगरपालिकामा १ जना, देवचुली नगरपालिकामा २ जना र गैंडाकोट नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
शुक्रवार थपिएका २२ संक्रमित मध्ये २० जना समुदायमा स्तरमा भेटिएका संक्रमित हुन भने देवचुली नगरपालिकाका २ जना संक्रमित क्वारेन्टाइनमा बसेका संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस अघि १ जना स्थानीय मासु पसल गर्ने महिला र एक जना अर्का समुदायकै पुरुषमा संक्रमण देखिएपछि उनीहरुको समेत कन्ट्रयाक ट्रेसिङका आधारमा स्वाब संकलन गरी परिक्षण गर्दा विनयी त्रिवेणी गाउँपालिकाका १८ जनामा समुदाय स्तरमै भेटिएका संक्रमित हुन ।
मध्यविन्दु जिल्ला अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द
यस्तै कावासोती नगरपालिका वडा नं १६ डन्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमामा उपचाररत ४० वर्षीय बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा अत्यावश्यक बाहेका सम्पुर्ण सेवा बन्द भएको अस्पतालले जनाएको छ ।
बिरामीमा संक्रमण देखिएपछि बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु , अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परिक्षण गर्नुपर्ने र अस्पताललाई निर्मलिकरण गर्नुपर्ने भएकाले स्वाब परिक्षणको रिपोर्ट प्राप्त नहुदासम्म अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना भएका संक्रमित पुरुष स्थानीय डण्डा बजारका एउटा खाद्य पसलका सञ्चालक हुन् । ३ दिन अघि भर्ना भएका उनको अहिले अवस्था सामान्य रहेको र उनलाई अस्पतालको आइसोलेशनमा राखिएको छ।