arrow

नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध, खस्यो सुख्खा पहिरो, अत्यावश्यक सवारी अलपत्र

logo
प्रकाशित २०७७ भदौ ६ शनिबार
narayanghad-mugling-pahiro.jpg

चितवन । सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार राति करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको हो ।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने जनाइएको छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन रोकिएका छन् ।



लोकप्रिय समाचार
नयाँ