नब्बे दिनसम्म यात्रा गर्दा नेपाल र इजरायलबीच प्रवेशाज्ञा लिन नपर्ने सम्झौता
प्रकाशित २०७७ भदौ ६ शनिबार
102
Shares
काठमाडौं । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ ।
इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको सो दूतावासले जानकारी दिएको छ ।
राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन् ।
सो अवसरमा केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।