arrow

करणीको आरोपमा ५३ बर्षिय ब्यक्ति पक्राउ, पक्राउपछि पीसीआर टेस्ट गर्न राखियो क्वारेन्टाइन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ भदौ ६ शनिबार
arrest-final.jpeg

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ का एक ब्यक्तिलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार २० वर्षिया एक यूवतीलाई करणी गरेका ती ५३ बर्षिय ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

छिमेकी यूवतीलाई करणी गरेको आरोपमा पक्राउ गरिएका ति व्यक्तिलाई पिसीआर टेस्ट गर्न राँकेको क्वारेन्टाईनमा रााखिएको उनले जानकारी दिए ।

पीसीआर टेस्टको रिपोर्ट आएपछि मात्रै  जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइने प्रनाउ न्यौपानेले बताए ।

घटनाको बारेमा थप अनुसन्धान गरी कारवाही तथा मुद्धाको प्रक्रिया अघि वढाइने प्रनाउ न्यौपानेले बताए ।

पिडित यूवतीले इलाका प्रहरी कार्यालय रविमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।



लोकप्रिय समाचार
नयाँ