arrow

माधवकुमार नेपालका सुरक्षाकर्मीलाई सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७७ भदौ ६ शनिबार
madhav-kumar-nepal.jpg.jpeg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ। पिसीआर परीक्षण गराउँदा एक जना निजी सुरक्षाकर्मी (पिएसओ) र अन्य घर र गाडीको पछुवामा खटिएका आठ जनामा सङ्क्रमण देखिएको उनका स्वकीय सचिव मोहन गौतमले जानाकारी दिए।

उनका अनुसार वरिष्ठ नेता नेपालले पनि ती सुरक्षाकर्मीसँगै पिसीआर परीक्षण गराएका थिए भने उनमा सङ्क्रमण देखिएन। उनीहरु सबैको शुक्रबार रिर्पोट आएको हो। सङ्क्रमण देखिएपछि उनका सुरक्षाकर्मी आइसोलेसनमा छन्।



लोकप्रिय समाचार
नयाँ