काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित एकै दिन सबैभन्दा बढी देखिएका छन् । चार दिनमा झण्डै दुई लाख ७८ हजार कोरोनाका संक्रमित थपिएका छन् ।
शनिबार सबैभन्दा बढी ७० हजार ६७ जना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी हो ।
शुक्रबार ६९ हजार २८ जना, बिहीबार ६८ हजार ५०७ तथा बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ६९ हजार १९६ जना संक्रमित थपिएका थिए ।
त्यस्तै निको हुनेमा शुक्रबार रेकर्ड बनेको थियो । शुक्रबार एकैदिन ६२ हजार ८५८ जना संक्रमितलाई निको भएको थियो । यो अहिलेसम्मकै रेकर्ड हो ।
यसअघि बिहीबार त्यो दिनसम्मको सबैभन्दा बढी ६१ हजार ८७३ जनालाई निको भएको थियो । त्यस्तै बुधबार त्यो दिनसम्मको सबैभन्दा बढी ५९ हजार ३६५ जनालाई निको भएको थियो ।
शनिबार भने ५९ हजार १०१ जनालाई निको भएको छ ।
अहिलेसम्म ३० लाख ४३ हजार ४३६ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित ७ लाख ६ हजार १३८ पुगेका छन् ।
निको हुनेको संख्या २२ लाख ७९ हजार ९०० पुगेको छ ।
शनिबार ९१८ जनाको ज्यान गएको छ । शुक्रबार ९५३ जनाको ज्यान गएको थियो । बिहीबार ९८१ जनाको तथा बुधबार ९७९ जनाको ज्यान गएको थियो । अहिलेसम्म ज्यान जानेको संख्या ५६ हजार ८४६ पुगेको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २१ हजार ९९५, तमिलनाडुमा ६ हजार ४२०, आन्ध्रप्रदेशमा ३ हजार १८९, कर्नाटकमा ४ हजार ६१५ जनाको ज्यान गएको छ ।